Yug Post

कविता – शासन गर्याे

Advertisement

कविता – शासन गर्याे

शासकले तिमी र मलाई
जात जातीमा बाँड्याे
पहिचान र स्वामित्वको लडाइँमा भाँड्याे
अनि फुटाउ र राज गरको निति लिएर
उल्टै हामी माथि शासन गर्याे ।

हाे शासकले तिमी र मलाई
धर्म कर्ममा बाँड्याे
मठ मन्दिरको लडाइँमा भाँड्याे
स्वर्ग र नर्कको निति लिएर
उल्टै हामी माथि शासन गर्याे ।

शासकले तिमी र मलाई
महिला र पुरुषमा बाँड्याे
लिङ्ग भेदकाे लडाइँमा भाँड्याेे
अंश र वंशको निति लिएर
उल्टै हामी माथि शासन गर्याे

शासकले तिमी र मलाई
भूगोलको टुक्रामा बाँड्याे
साँध सिमानाकाे लडाइँमा भाँड्याे
सत्ता र शक्तिको निति लिएर
उल्टै हामी माथि शासन गर्याे

शासकले तिमी र मलाई
वर्ग र वर्णमा बाँड्याे
उचाे र निचाेकाे लडाइँमा भाँड्याे
कालाे र गाेराे छाला देखाएर
उल्टै हामी माथि शासन गर्याे ।

हाे शासकले हामीलाई
न कहिल्यै मान्छे बन्न दियो
न कहिल्यै मान्छे मान्न दियो
न कहिल्यै संगै बस्न दियो
दियो त खाली
दास र मालिक बन्न दियो
तँ भन्दा म ठुलो भन्न दियो
त्यसैले त अब हामी
मात्र एउटै मान्छे बनाै
मान्छे अन्तर्राष्ट्रिय जाती बनाै ।।
लेखक : कवि तथा माओवादी नेता ओम प्रकाश पुन

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search