Yug Post

गायक रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक

Advertisement

होली पर्व नजिकिँदै गर्दा गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गतेबाट युट्युबमा रिलिज गरिएको हो ।

गीतमा गायक रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने योगेश काजीको एरेञ्ज, मनोज परियारको मिक्सिङ रहेको छ ।

म्युजिक भिडियोमा चर्चित अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।

गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै भने, “यो गीतले नेपालीहरूको होलीलाई अझै रमाइलो बनाउनेछ ।”

उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 👇
https://youtu.be/BLb29WdRlb4?si=AgxSh–o_KdcYA-U

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search