Yug Post

HPV खोप अभियान २०८१ अन्तर्गत ५ नम्बर वडा स्तरिय अभिमुखिकरण कार्यक्रम नेर्पामा सम्पन्न

Advertisement

टेक मगर, रोल्पा – HPV खोप अभियान २०८१ अन्तर्गत वडा स्तरिय अभिमुखिकरण कार्यक्रम नेर्पा स्वास्थ चौकिमा सम्पन्न

HPV खोप अभियान २०८१ अन्तर्गत वडा स्तरिय अभिमुखिकरण कार्यक्रम त्रिवेणी गाउँपालिका वडा नम्बर पाँच जुगारको नेर्पा स्वास्थ चौकिमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षतामा त्रिवेणी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष तथा नेर्पा स्वास्थ चौकिमा समन्वय समिती कृष्ण बहादुर के सि रहनु भएको थियो ।

यौन सम्पर्कबाट सर्ने एउटा प्रचलित भाइरस एच. पि. भी. पाठे घरको मुखको क्यान्सरको मुख्य कारक हो । एच. पि. भी. भाइरसलाई जाँच गर्न पाठे घरको मुखको जाँच गरिन्छ । यदि एच. पि. भी. भाइरस देखा पर्यो भने अन्य जाँच पनि गर्नुपर्छ । अहिले पाठे घरको मुखको क्यान्सर रोक्नको लागि एक सुईको आविष्कार भएको छ र त्यसको प्रयोग शुरु हुन थालेको छ । यसले समूदायका सबै युवतीहरुमा पाठे घरको मुखको क्यान्सरको संख्या घटाउन सक्छ, तर यसले पूर्ण रुपमा यस क्यान्सरलाई उन्मुलन भने गर्दैन । त्यसकारण परिक्षण गरेर शुरुको अवस्थामा नै थाहा पाउनु र उपचार गर्नुपर्छ । पाठे घरको मुखको क्यान्सरको परिक्षण एवं उपचार दवै गर्नु सजिलो र सफल पनि छ । पाठे घरको मुखको क्यान्सर भनेको महिलालाई हुने प्रमुख क्यान्सर मध्ये एक हो । त्यसैले ४० बर्षको उमेरपछि पाठे घरको जाँच गराउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सरका कारण दिनमा ४ जनामा सर्ने र १ जनाको मृत्यु हुने लगायतका कुराहरु बताइएको छ । HPV खोप अभियान २०८१ अन्तर्गत वडा स्तरिय खोप अभिमुखिकरण कार्यक्रममा HPV खोप अभियानको उद्देश्य ,महत्त्व , कार्यन्वयन प्रक्रिया र सम्भावित चुनौतीहरुको विषयमा विस्तृत छलफल गरिएको थियोे । यस कार्यक्रममा नेर्पा स्वास्थ चौकिका सम्पुर्ण स्टापहरु स्वयम्सेविका विभिन्न बिद्यालयका प्र. अ बिद्यालयका नर्स विद्यार्थीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियोे ।

HPV खोप अभियान कार्यक्रमलाई समुदाय स्तरमा जनचेतना अभिबृधि गरि खोप पहुँच सुनिश्चित गर्ने सबैले आआफ्नो भुमिका प्रभावकारी रुपमा निवार्ह गर्ने प्रतिबद्धता जनाएको नेर्पा स्वास्थ चौकिका जन स्वास्थ निरीक्षक खकेन्द्र घर्ती मगरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search