Yug Post

त्रिवेणीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, जनजागृति मा.वि जुगार विजेता

Advertisement

 टेक मगर ,रोल्पा/रोल्पाकाे त्रिवेणीमा गाँउपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ ।शिल्डकाे  “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ त्रिवेणी गाउँपालिका-५ जुगारमा उद्घाटन गरिएको थियो। रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्रिवेणी गाउँपालिका भित्रका १२ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेकोे थियो ।

कार्यक्रममा जनजागृती माध्यममिक बिद्यालय जुगारले गोल्ड ४६ रजत १९ कास्य १७ गरि जम्मा पदक ८२ प्राप्त गर्दै पहिलो भएको छ । अरनिको माध्यमिक बिद्यालय नुवागाउले गोल्ड ९ रजत १९ कास्य १० गरि जम्मा पदक ४० प्राप्त गर्दै दोस्रो भएको छ । गोबिन्द माध्यमिक बिद्यालय दुम्लाले गोल्ड ३ रजत २ कास्य २ गरि जम्मा पदक ७ प्राप्त गर्दै तेस्रो भएको छ । सरस्वती माध्यमिक बिद्यालय लिङदुङले गोल्ड २ रजत ६ कास्य ९ गरि जम्मापदक १८ प्राप्त गर्दै चौठो भएको छ । शिव माध्यमिक बिद्यालय द्वारपानी ले गोल्ड १ रजत २ कास्य २ गरि जम्मा पदक ५ प्राप्त गर्दै पाचौ भएको छ । शुक्र माध्यमिक बिद्यालय झुम्लुङले गोल्ड १ रजत ३ कास्य ६ गरि जम्मा पदक १० प्राप्त गर्दै छैठौ भएको छ । जन कल्यान माध्यमिक बिद्यालय सिम्पानीले गोल्ड १ रजत १ कास्य ९ गरि जम्मा पदक ११ प्राप्त गर्दै सातौ भएको छ । बिरेन्द्र माध्यमिक बिद्यालय गाङले गोल्ड १ रजत १ कास्य ७ गरि जम्मा पदक ९ प्राप्त गर्दै आठौं भएको छ।सिद्धरत माध्यमिक विद्यालय हान्जवाङरोल्पाले १ गोल्ड १ रजत र ५ कास्य प्राप्त गरि जम्मा ७ पदक प्राप्तगर्दै नौ भएको छ । भगवती माध्यमिक दहवन रोल्पाले गोड शून्य , २रजत र २ कास्य प्राप्त गरि जम्मा ४ पदक प्राप्तगर्दै दशौँ भएको छ, सरस्वती माध्यमिक विद्यालय काउलाबोट रोल्पाले १ गोल्ड, १ रजत र ४ कास्य प्राप्त गरि जम्मा ६ पदक प्राप्त गर्दै एघारौ भएको छ भने बाल कल्याण माध्यमिक विद्यालय यारी करेटी गोल्ड शुन्य रजत २ र शुन्य कास्य प्राप्त गरि जम्मा २ पदक प्राप्त गर्दै बारौ भएको थियो ।

त्रिवेणी गाउँपालिकामा सञ्चालन भएको ७ औ राष्ट्रपति रनिङ सिल्डमा जन जागृति माध्यमिक विद्यालयले अहिले सम्मकै इतिहास तोडेको छ। जनजागृती माध्यममिक बिद्यालय जुगारले गोल्ड ४६ रजत १९ कास्य १७ गरि जम्मा पदक ८२ प्राप्त गर्दै इतिहास तोडेको हाे। सिल्ड राखेको अवसरमा जनजागृति माध्यमिक विद्यालयले  बजार परिक्रमा गरी खुसियाली मनाएको थियो। विद्यालयका प्र.अ जीवराज भण्डारीले विद्यार्थीहरूलाई थप हौसला र प्रेरणा समेत दिनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले जनजागृति माध्यमिक विद्यालयले जित्नु भनेको सिङ्गो विद्यालयले जितेको सरह भएको बताउनुभएको थियो। सबैलाई सबै विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थी सम्पूर्णलाई सकारात्मक बन्न पनि सुझाव दिनुभएको थियो। रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २५ देखि २८ सम्म आयोजना गरिएको थियोे ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वविधान, राष्ट्रिय खेलकुद परिषदको संयोजकत्व, जिल्ला खेलकुद विकास समितिको समन्वयमा, जन जागृती माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ जुगार रोल्पाको व्यवस्थापन तथा त्रिवेणी गाउँपालिकाको आयोजनामा सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रमको सभा-अध्यक्ष सामाजिक बिकास समितिका संयोजक कबिराज बुढा रहनु भएको थियोे । त्रिवेणी गाँउपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर को प्रमुख अतिथिमा पुस २५ गते बिहिबार दिप प्रजलन तथा ब्यानर बाचन गरि उद्घाटन भएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search