राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको धुनछेक बहस नहुने भएको छ।
रविको जिल्ला अदालत काठमाडौं बयान सकिएको छ।बयान सकेपछि थुनछेक बहस सुरू गर्ने भनिए पनि सरकारी वकिलले समय माग गरेकोले आइतबार थुनछेक बहस नहुने भएको हो।
सरकारी वकिल खडिन्द्रराज कटुवालले बयानको अध्ययनका लागि थप समय माग गरेका हुन्। त्यसकारण आइतबार थुनछेक बहस नहुने भएको हो।
लामिछानेले भने आफू अदालत हाजिर भएकोले थुनछेक बहस नहुने हो भने परिवारको जिम्मा लगाउन माग गरेका छन्। तर अदालतले भने न्यायीक हिरासतमा राख्न आदेश दिएको छ।


