२५ पुस, रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान ३ः३० बजे दुर्घटना भएको हो ।दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।
दुर्घटनाको कारण जिपको टायर फुस्केर भएको बताइएको छ ।


