टेक मगर राेल्पा/ राेल्पा त्रिवेणी गाउँपालिका-२ नुवागाउँमा लैङ्गकि हिम्सा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। नारा जुलुस सहित बजार परिक्रमा गरी सम्पन भएको हो। हामी सबैको प्रतिबद्धता लैङ्गकि हिम्सा अन्त्यको लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ लैङ्गकि हिम्सा विरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म (तदअनुसार २०८१ मङ्सिर १० देखी २५ गते) सम्म मनाउदै आएको लैङ्गिक हिंसा विरुद्ध १५ दिनमा त्रिवेणी गाँउपालिका वडा नं २ मा विविध कार्यक्रम गरि मनाईएको छ ।
कार्यक्रमको सभा अध्यक्षमा त्रिवेणी गाँउपालिका वडा नं २ का वडा-अध्यक्ष कविराज बुढा रहनु भएको थियो । प्रमुख अतिथीमा त्रिवेणी गाउँपालिका अध्याक्ष कर्ण बहादुर बाठा बिशिस्ट अथितीमा त्रिवेणी गाँउपालिकाका निवर्तमान उपाध्यक्ष साबित्रा कुमारी बुढा घर्ती रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथिमा राजनितिक दल, सुरक्षाकर्मी, बुद्विजीवी, समाज सेवी, महिला समूह, आमा समूह , उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा नं २ का वडा सचिब सुक्लाल घर्तीले गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य वीर बहादुर पुनले गर्नु भएको थियोे ।
लैङ्गिक हिंसाको बारेमा कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका बालबालिका तथा महिला शाखा प्रमुख हिरा पुनले लैङ्गिक हिम्सा भनेको लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्न सक्ने कुरा बताउनु भयो ।
त्यस्तै विशिष्ट अतिथि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै १६ दिनकोले मात्र लैङ्गिक हिंसा पूरा हुन्छ जस्तो आफूलाई नलागेको बताउनुभएको छ।। १६ दिने भएपनि सस्थानीय सरकार राजनीतिक दल तीव्र रूपमा लाग्न नसकेको उनले बताउनुभयो। अहिले त्रिवेणीमा मुख्यत बालविवाहको समस्या रहेको र बालविवाहको कारण सम्बन्ध विच्छेद बढी देखिएको छ । शिक्षामा उभिन नसक्दै विवाह गर्दा धेरै चुनौतीहरु आएको भन्दै :” म आफैंले कानुनी उजुरी नभएर वडा, राजनीतिक दल सँग मिलेर उनीहरूलाई अलग-अलग बस्ने वातावरण मिलाउँ भनेर भन्छौं उहाँले भन्नुभयो। बालविवाह न्यूनीकरणका लागि राजनीतिक दलको पार्टीमा, पार्टीको अधिवेशनमा गम्भीर रूपमा बालविवाह सम्बन्धी मागहरू राखेर लाग्न पनि सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ। अहिले युवा हरू जुवातास रक्सीको विकृतिमा धेरै फसेको पनि बताउनुभयो । २०७५ पूर्व बहुविवाह भएकाहरुलाई दर्ता गर्न मिले पनि तर अहिले २०७५ यता गाउँघरमा मिलेर दर्ता गर्ने गरिरहेको कारण सम्बन्धित निकायलाई ध्यानाकर्षण हुन पनि आग्रह गर्नुभयो। दिवस मनाउने सवालमा बजेटको कमी भएको भन्दै दिवस मनाउने तर्फ बजेट कमी भएको कारण आगामी वर्षहरूमा ध्यान आकर्षण गराउँदै यस विषयमा गम्भीर रुपले ध्यान दिन सामाजिक समन्वय समितिका पदाधिकारीलाई अनुरोध गर्नुभएको थियो।
प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठाले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लैङ्गिक हिंसा हटाउन पहिले आफूबाट नै सुरु भएमा मात्र सम्भव हुने बताउनुभयो । यदि परिवारमा झैँझगडा नभएमा सबै तवरबाट राम्रो हुने शिक्षा स्वास्थ्य पारिवारिक सन्दर्भमा सबैमा राम्रो हुने उनले स्पष्ट पार्नुभयो । शिक्षा बालविवाह जनताको आर्थिक अवस्थाबाट झन् खटम भएको बताउनुभएको छ।। मिर्गौला र क्यान्सर पीडित नुवागाउँमा धेरै देखिएको उहाँले बताउनुभयो। रासायनिक विषादी प्रयोगको कारण बढी आएको भन्दै यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै रासायनिक मलमा सुधार गर्न कृषि शाखा र वडा सरकारलाई अनुरोध गर्नुभएको छ । बालविवाहको कारण अहिले ठूलो समस्या आएको र डिभोर्सककाे मुद्दा पनि धेरै आएको बताउनुभयो । शिक्षामा विद्यालय र अभिभावकको नङ र मासुको सम्बन्ध हुन जरुरी रहेको बताउनु भएको छ।
कार्यक्रममा एकल लोकगीत प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। एकल लोकगीत प्रतियोगितामा प्रतिस्पर्धीहरूले लैङ्गिक हिंसा सम्बन्धी लोकगीत प्रस्तुत गरेका थिए। एकल लोकगीत प्रतियोगिताबाट प्रथम दह महिला समूह , द्वितीय धनखानी महिला समूह , तृतीय हरियाली महिला समूह र चौथो कोलबाङ महिला समूह आएको थियो। एकल लोकगीत प्रतियोगिताको प्रतिस्पर्धीमा दह महिला समूहबाट विष्णुकुमारी घर्ती, हरियाली महिला समूहबाट पवित्रा घर्ती, धनखानी महिला समूहबाट पवित्र बाठा र कोलबाङ महिला समूहबाट रिमा घर्ती रहनुभएको थियो।
२ नं वडाका वडा-सदस्य वीर बहादुर काे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण त्रिवेणी गाँउपालिका-२ का वडा अध्यक्ष कविराज बुढाले गर्नु भएको थियोे ।


