Yug Post

रोल्पामा ४ दिनमै आन्दोलन स्थगित , पीएल संघाईसँग वार्ता गर्न पुनः ३० दिन म्याद थप

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिकामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ। त्रिवेणी गाउँपालिकाको कार्यालय भवन जुगारमा त्रिवेणी गाउँपालिकाका संस्थापक अध्यक्ष एवं सर्वदलीय वार्ता टोलीका संस्थापक शान्तकुमार ओलीको अध्यक्षता, व्यवस्थापिका संसदका पूर्व सभामुख ओनसरी घर्ती , नेपाल सरकारका पूर्वमन्त्री तथा संघीय व्यवस्थापिका संसद सदस्य वर्षमान पुन , संविधान सभा सदस्य गोकुल घर्ती तथा लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री एवं प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुन लगायतको अतिथिता ,त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरु, क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरु, प्रभावित क्षेत्रका जनताका प्रतिनिधिहरु लगायत को विशेष उपस्थितिमा सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ ।

रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ मा सञ्चालित शिवस्वरूप खनिज उद्योग प्राली र रोल्पा चुनढुङ्गा खानी प्रालीबाट प्रभावित भएका स्थानीय जनताको माग सम्बोधन खानी तथा भूगर्भ विभागबाट तोकिएका शर्तहरूको पालना सम्बन्धित निकायलाई बुझाउनुपर्ने रोयल्टी तथा कर खानी त्रिवेणी गाउँपालिका चुनढुङ्गा खानी प्राली सञ्चालनको सम्बन्धमा गाउँ कार्यपालिकाबाट भएको निर्णय लगायत विभिन्न विषयमा खानी प्रभावित क्षेत्रका स्थानीय जनता क्रियाशील प्रमुख राजनीतिक दलहरूका बीच विवाद उत्पन्न भएको, हाल सोही विषयमा विभिन्न निकायमा चलिरहेका मुद्दा साथै राजनीतिक दलहरूबाट आन्दोलनका विभिन्न दबाबमूलक कार्यक्रमहरु समेत घोषणा गरी सञ्चालनमा ल्याइएको सन्दर्भमा सिर्जना भएको विषय परिस्थिति र सोको दीर्घकालीन समाधानका उपायहरूका विषयमा बैठकमा व्यापक छलफल भएको छ।

साथै बैठकमा उपस्थित विवादमा सबै पक्षहरूले विद्यमान समस्याहरूको दिगो र प्रभावकारी समाधानका लागि मेलमिलापको माध्यमबाट सहमति र सहकार्य गरी अगाडि बढ्न मन्जुर गरेका छन्। खानी उद्योग सर्वदलीय सर्वपक्षीय र प्रभावित क्षेत्रका बीच १० बुँदे सम्झौता अनुसार सहमति भई ३० दिनका लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ।

आज सङ्घर्ष समिति तथा राजनीतिक दलको सङ्घर्ष सम्बन्धमा बैठक पनि बसेको छ। राणागाउँ चुनढुङ्गा उत्खनन गर्दा विगत छ वर्ष पहिलेदेखि उत्खनन गर्दा किन्ने क्रममा राणागाउँमा अब चुनढुङ्गा उत्खनन गर्दा रहेका ४१ घर मध्यमा १७ घरको बयाना स्वरूप लिएको करिब ३ वर्ष भइसक्दा पनि अहिले चुनढुङ्गाले नलगेको त्यस विषयमा सरोकारवाला निकायसँग २०८१/८/२० गते त्रिवेणी गाउँपालिका जुगारमा सर्वदलीय तथा रोल्पा जिल्लाको प्रदेश सभा सदस्य दिपेन्द्र पुन , सांसद बर्समान पुन , पूर्व सांसद गोकुल घर्ती तथा पूर्व सभामुख ओनसरी घर्तीको नेतृत्वमा बृहत् रुपमा राणागाउँको चुनढुङ्गा विषयमा छलफल भएको र पीएल संघाई मालिकसँग प्रत्यक्ष भेट भएर समाधान गर्ने विषयमा सहमत भएको र बाँकी ४१ घरमध्ये २४ घरको विषयमा पनि वार्ता गर्ने र ४१ घर धुरीलाई नै साथमा उठाउने विषयमा पहल गर्ने यदि १७ घरधुरीलाई मात्र उठाउने अन्यलाई नउठाउने भएमा आजका संघर्ष समिति, पार्टीका क्रियाशील राजनीतिक दल, आमा समूह , महिला समूह, वन समूह सम्पूर्ण एक साथमा भएर अन्यायको विरुद्धमा तथा खानी प्रभावित क्षेत्रलाई सघाउने र आइपरे सङ्घर्ष गर्ने निर्णय सर्वदलीय सर्वपक्षले गरेको छ।

खाली ३ र ४ मा चलिरहेको बताइएको छ। ४ नम्बर वडामा थोरै माल रहेको र ३ नम्बर वडामा ९८% माल रहेको बताइएको छ। दर्ता ४ नम्बर र ३ नम्बरमा पनि भएको वडाध्यक्षहरूले बताएका छन्। स्थानीय सबैसँग सम्झौता भएपनि खानी विभागले खानी उद्योगले आफ्नो मनपरी ढंगले बयाना गर्दै र जग्गा उठाउँदै आएको संघर्ष समितिले बताएको छ। बयाना लगाइएका मध्ये पनि १७ घर कोही माथि कोही छेउ कोही बीचमा रहेको बताइएको छ। खानी उद्योगीले आफ्नो मनपरी ढङ्गबाट बाटोमा पाएक पर्ने ठाउँहरुबाट आफ्नो मनपर्ने मान्छेहरूको घरमा मात्र बयान लगाइएको स्थानीयहरूको आरोप छ। आजसम्म ३ नम्बर र ४ नम्बरबाट नै आन्दोलनमा रहेको सङ्घर्ष समितिले बताएको छ।

खानी क्षेत्रबाट नजिकैको घर जग्गाको बयाना पत्ता भएको छैन। यसलाई नियाल्ने हो भने क्रमागत रूपबाट बयाना भएका घरहरु पास हुने कठिनाइ भएको छ। यदि खानी उद्योगीले क्रमागत रूपले घरहरू लाने हो भने बयाना लाएको घरहरू थोरै पास हुने देखिन्छ। किनकि कोही छेउ कोही बीच र कोही माथिको घरहरूको बयाना पत्ता गरेको छ। आश्वासनमा नरहेर पुरै ४१ घर नै लाने भए जाने तर किस्ता किस्तामा नजाने स्थानीयले बताएका छन्। एक महिनासम्म बाटो हेर्ने तर एकरुपतामा लाने प्रक्रियामा आए सबै गाउँ नै जाने बताएका छन्। प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा वातावरणीय र ढुनीबाट असर पार्दै आएको छ। बाटोबाटोमा पर्नेको मात्र बयाना गरेको बताइएको छ। लालपुर्जा पटकपटक माग्दै स्थानीयलाई आश्वासनमै राख्दै आएको स्थानीयले बताएका छन्। तपाईं ढुक्क हुनुहोस् अब केही महिना केही हप्तामै तपाईंको जग्गा खरिद गर्दिन्छौ भन्दै आश्वासनमै राखेको स्थानीय मनसरा घर्ती पुन बताउँछन्।

स्थानीयको माग पूरा हुने वा नहुने अबको ३० दिनपछि मात्र थाहा हुने बताइएको छ। खानी उद्योगको पीएल संघाई भ्रमणको लागि दुबईमा गएको कारण थप ३० दिन म्याद थप गरिएको बताएको छ। ३० दिनसम्मको लागि आन्दोलन पनि स्थगित गर्ने निर्णय गरिएको छ । ३० दिनपछि खानी विभागले कुनै पनि मागहरु पुरा नगरेमा पुनः आन्दोलनको तयारी गर्ने सर्वदलीय र संघर्ष समितिले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search