Yug Post

स्थानीयको माग पूरा नहुँदै आन्दोलन रोक्न खोज्दा, स्थानीय एक्लै उत्रिए आन्दोलनमा

Advertisement

टेक मगर राेल्पा / राेल्पाकाे  त्रिवेणी गाउँपालिका ३ मा मंसीर १७ गते पत्रकार सम्मेलन मार्फत १८ गतेबाट चरणबद्ध तरिकाले आन्दोलन गरिएको थियो। आन्दोलन पश्चात खानी विभागका प्रतिनिधि , सर्वदलीय र मन्त्रीहरूको वार्ता समिति बैठक बसेको थियो। हिजो मात्रै बसेको वार्ता समितिमा माननीय मन्त्रीहरू, सर्वदलीय, खानी विभागका प्रतिनिधि सँगै बसेको बैठकबाट ३० दिनको लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। खानीको पीएल संघाई दुबई को भ्रमणको लागि गएको बताइएको छ। खानीको पीएल संघाई ३० दिनपछि मात्र नेपाल आउने र ऊ नेपाल आएपश्चात् वार्ता गर्ने यदि वार्तामा पहिले गरेको सम्झौताहरू को माग पूरा नभए मा पुनः आन्दोलन गर्ने सर्वदलीयले बताएको छ। उता स्थानीयले भने आन्दोलन नरोकिने आन्दोलन यथावत नै रहनुपर्ने भन्दै आएका छन्। स्थानीयको जग्गा र विद्यालयको सम्बन्धमा गोकुल घर्ती वर्षमानपुन लगायतका काठमाडौँमा बसेर निर्णय गरी गाउँपालिका वा खानीमा आएर सो निर्णय प्रस्तुत गर्ने बताइएको छ। तर स्थानीय भने आन्दोलन यथावत नै राख्ने पक्षमा छन्। यस विषयमा गम्भीर रुपमा ध्यानाकर्षण हुँदै बैठक पनि बस्दै छ । स्थानीय एक्लै पनि आन्दोलनमा उत्रिन चाहन्छन् तर सर्वदलीय ३० दिन सम्म आन्दोलन रोक्का गरेर ३० दिनपछि पुनह सम्झौता नमिले आन्दोलनमा जाने तयारीमा छ।
सर्वदलीय ३० दिनका लागि आन्दोलन स्थगित गर्ने पक्षमा रहेता पनि स्थानीय आन्दोलन स्थगित नगर्ने पक्षमा छन्। किनकि जग्गा ३ वर्ष पहिलेको मूल्यमा जग्गा निर्धारण गरेको छ। उक्त ३ वर्ष पहिलेको मूल्यमा जग्गा बिक्री गर्न नसकिने स्थानीयले बताएका छन्। ३ वर्ष पहिले १७ घर को सम्झौता भएको थियो र बयाना पत्ता पनि गरेको थियो। उक्त १७ घरमध्येबाट एक वर्षको अवधिमा जग्गा किनिदिने बताइएको छ। तर स्थानीय भने ४१ मा ४१ घर सँगै उठाउन चाहन्छन्। स्थानीयलाई जसरी ३ वर्षसम्म घुमायो त्यसरी नै सर्वदलीयलाई पनि अहिले घुमाउँदै गरेको आशंका गरिएको छ। अहिले त्रिवेणी गाउँपालिकाको मुद्दा फिर्ता गर्ने , करछलीमा पनि सम्पूर्ण बिलहरु बुझाएर यदी आफूले तिर्ने भए सो कर तिर्ने बताएको छ। तर स्थानीयको विषयमा भने चासो नदिएको पनि स्थानीयको जिकिर छ। स्थानीयको अनुसार पहिले क्षति भएको कुनै पनी क्षति नमाग्ने तर कम्पनी ले खाने बन्द गर्नुपर्ने उनीहरूको माग रहेको छ।

गाउँमा सङ्घर्ष समिति र समन्वय समिति गरी दुई भागमा विभाजन गरिएको थियो। दुई भागमा विभाजन गर्ने पनि खानी उद्योग नै रहेको स्थानीयले जिकिर गरेका छन्। अहिले समन्वय समितिबाट पनि फुटेर संघर्ष समितिमा आइसकेका छन्। करिब ४/५ घर मात्र बाँकी रहेको बताएका छन् । अब संघर्ष समितिले कडा संघर्ष गर्ने संघर्ष समितिले बताएको छ। अहिले सर्वदलीयमा पनि तैचुक मैचुप हुने स्थिति रहेको पनि आशंका गर्न थालिएको छ। स्थानीय भन्छन् “यदि सर्वदलीयमा कुनै समस्यामा कुनै समस्या सुन्दैन भने हामी एक्लैले पनि आन्दोलन गर्न तयार छौं। बरु हामी भिकारी बन्न तयार छौं पीडा भोग्न तयार छैनौँ।”

४१ घरधुरीमध्ये १७ घर उठाउने तर बाँकी घर नउठाउने चुनढुङ्गा प्रालिका प्रतिनिधि ले बताएका छन्। सर्वदलीयबाट पनि स्थानीयले एक्लो हुन लागेको महसुस गर्न थालेका छन्। सर्वदलीयमा जुन आशा थियो त्यही आशाको किरण पनि निभेको स्थानीयले बताएका हुन् ।

आन्दोलन जारी नै रहने तर आन्दोलन शान्तिपूर्ण आन्दोलन गर्ने स्थानीयले जानकारी दिएका छन्। जसको धाक धम्की आएपनि आन्दोलनमा हामी कसैले खुट्टा नकमाउने स्थानीयले जिकिर गरेका छन्। आन्दोलन नरोकिने तर यदि खाने उद्योगीहरू वार्तामा आइहाले वार्ताको ढोका खुल्ला रहेको बताएका छन्। सर्वदलीयले भने आज केही समयपछि पीडितहरूसँग बैठक बस्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search