टेक मगर राेल्पा/रोल्पाको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले ऐतिहासिक तेस्राे अधिवेशन उद्घाटन गरेको छ। उद्घाटन समारोहमा बोल्नुहुँदै पूर्व संघीय सरकारको सभामुख एवं नेकपा माओवादी केन्द्रकी नेत ओनसरी घर्तीले शुभकामना मन्तव्य राख्दै ” किसान मजदुरहरू जसले आज बोल्न सक्नु हुन्छ आफ्ना कुराहरु भन्न सक्नुहुन्छ तपाईँ आफ्ना लिडरहरू तपाईँ आफै चयन गर्न सक्नुहुन्छ हिजो मजदुर भनेपछि किसान भनेपछि हेप्ने उनीहरूलाई दास बनाउने यो देश नभएको बताएकी छन । उनले हामी महिलाहरू या हामी उत्पीडितहरूले मुक्ति कसैले दिन्छ भने हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दिन्छ भन्ने भुल्नु हुँदैन। तपाईँले देख्नुभयो एमाले कांग्रेसको सिद्धान्त नीति मानवताहीन मानवता नभएका त्यसपछि कुनै पनि विचार नभएका पार्टीहरू जो चाहिँ बाहिर आएका छन् हावाको भरमा जितेका छन हामी कोही पनि पार्टी देख्न सक्दैनौँ तर तपाईं हामी दुःखले बनाएको यो नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले धेरै जनाको मुक्ति गरेको जिकिर समेत गरिन,। गाउँ गाउँमा ठाउँ ठाउँमा दिदीबहिनीहरूले संगठित गर्ने महिलाहरूले बढीभन्दा बढी संगठन विस्तार गर्ने त्यसपछि पार्टीमा आबद्ध हुने राजनीति बुझ्ने समाजमा के भइरहेको छ पार्टीभित्र के भइरहेको छ? भन्ने कुरालाई बढी रूपमा बढी चासो लिने कुरामा तपाईँहरू अवश्य पनि अग्रसर हुनुहुनेछ। पूर्व सभामुख उन्सरी घर्तीले महिलाहरूलाई केन्द्रित गर्दै महिलाहरूलाई यसो भनेका थिए, अग्रसर हुनुभयो भने यो त्रिवेणी गाउँपालिकाको पार्टी कमिटीका पुरुष साथीहरू पनि बाध्य हुनुहुन्छ। उनले महिलाहरूलाई अनुरोध गर्दै महिला साथीहरु जसले अहिलेसम्म योगदान गरिरहनुभएको छ। तपाईँहरूले निरन्तर योगदान गर्नुहुनेछ र तपाईहरुले सबै महिलाहरूलाई संगठित गरेर यो पार्टी भित्र गोलबन्द बनाएर पार्टीलाई शुद्धिकरण बनाउने कुरामा पनि आफूले पहिलो कडा कडामी लिनुहुनेछ अपिल गरेकि छन ।
कार्यकर्ताको विकास विश्वास जितेर मात्र राजनीतिक नेतृत्व हुने निवर्तमान संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । माओवादीमा नेतृत्व कसरी आयो कसले चुम्ने कति वर्ष हुने भन्दै स्पष्ट सहभागी सम्पूर्णलाई स्पष्ट पारेका थिए। नेतृत्वले कार्यकर्ताको मन जित्न सके सक्नेले मात्र नेतृत्व पाउन सक्ने बताएका छन्। प्रदेश पालिकामा प्रदेश र पालिकामा युवाहरू जोड्ने समेत बताएका छन ,। अन्तर्राष्ट्रिय परिस्थिति नाजुक रहेको पनि स्पष्ट पारेका थिए। आफ्नो पार्टी नेकपा माओवादी केन्द्र एक्लै जनयुद्धमा हाेमिँदै आएको पनि स्पष्ट पारेका थिए। जनयुद्ध पश्चात आफ्नो १२ बुँदे सम्झौता मार्फत नै शान्ति सम्झौतामा आएको पनि उनले बताएका हुन्। एमाले कांग्रेस पुरानो ठाउँमै फर्किएको पनि उनले जिकिर गरेका छन्। दलाल बिजुलियामा नजाने तर सडकमै उभिएर जनताको माझ जानेमा पनि विश्वस्त पारेका हुन् कांग्रेस एमालेभन्दा नेकपाको पहिचान पनि बेग्लै भएको र तिनीहरू भन्दा फरक हुँदै जाने पनि विश्वस्त पारेका हुन्।

अधिवेशन खुल्लासत्र र सकिएता पनि बन्दसत्र बाँकी रहेको आयोजकले बताएको छ। बन्द सत्रमा सहमति अनुसार नेतृत्व चयन गर्ने यदि सहमति अनुसार नभएमा मतदान मार्फत नेतृत्व चयन गर्ने आयोजकले जानकारी दिएको छ।



