अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रोल्पामा प्रहरी नायब निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सइ) ललित कुमार बुढाथोकीलाई २५ हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
उनले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।


