Yug Post

आन्तरिक चुनाव मार्फत रोल्पाको माडीमा माओवादीको नेतृत्व चयन

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी गाउँपालिको अधिवेशनबाट भरत बहादुर बुढामगर (बृत्तान्त)नेतृत्वको गाउँकमिटी आन्तरिक चुनाव मार्फत निर्वाचित भएका छ।

सर्वसम्मत मनोनीत हुन नसकेमा चुनाव मार्फत नेतृत्व लगायत सदस्य चयन गर्न सकिने पार्टी नितिअनुरुप रोल्पामा पहिलो पटक माडीगाउँ पालीकामा चुनाव भएको हो । जसमा अध्यक्षमा भरत बहादुर बुढामगर (बृत्तान्त), उपाध्यक्षमा लोक बहादुर बुढा,ओसबहादुर विक, गौमयाल पुन ,सचिवमा बिर बहादुर घर्तीमगर, कोषाध्यक्षमा जगमति कुमाखी निवार्चित हुनुभएको छ । 
पार्टीका काबा अध्यक्ष भरत बुढाको अध्यक्षता एवं  माओबादी –केन्द्र) का केन्द्रीय उपमहासचिव बर्षमान पुनको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको थियो । बाजागाजा ,झाकी नाच सहित सयौंको संख्यामा निस्केको जुलुस उदघाट्न सत्रमा परीणत भएको थियो ।कार्यक्रममा माओवादी आन्दोलन र पार्टीलाई महत्वपुर्ण योगदान पुर्याउनु भएका शहिद, घाईते, अपाङ्ग, पुर्व जनमुक्ती सेनाका परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search