जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्।
नलगाडमा २०७९ को निर्वाचनमा कांग्रेसका सरिता सिंह उपप्रमुखमा निर्वाचित भएकी थिइन्। सिंहको गत वर्ष भूकम्प (कात्तिक १७) मा परेर मृत्यु भएकाे थियाे।
नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्। लामिछानेले ४ हजार २७२ मत प्राप्त गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन्।
पहिले कांग्रेसले जितेको नगरपालिका उपनिर्वाचानमा माओवादीले जितेसँगै माओवादीले कांग्रेसको उपमेयर माओवादीले खोसेको छ।


