Yug Post

रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदुरको मृत्यु

Advertisement

रोल्पामा पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदुरको मृत्यु भएकाे छ। रोल्पाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका ५ जना मजदुरको दुर्घटनामा परेर मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ९:५० बजेतिर पुल बनाउन खाल्डोमा काम गर्ने क्रममा मजदुरलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।
पहिरोमा पुरिएकामा तीन पुरुष र दुई महिला छन् । सबैको शव निकालिएको र शवको पहिचान पनि गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । पुल बनाउने जिम्मेवारी लिएको ठेकेदार कम्पनी एल.बी.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवाअन्तर्गत ती मजदुर काममा खटिएका थिए ।

खाल्डा पुर्ने काममा ७ जना सहभागी भए पनि २ जना भागेर जोगिन सफल भएकाले उनीहरू सकुशल छन् । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका-३ बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियार छन् । उनीहरू आफन्त र एकै गाउँ निवासी हुन् ।

घटनाबारे अनुसन्धान गर्दै मृतकको बिमा गरिएको/नगरिएको बारेमा खोजी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न र उद्धार गर्न गाम प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश बिष्ट र सुलिचौरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अरुण तामाङको कमान्डमा प्रहरी टोली खटिगएको थियो । घटनास्थल रोल्पा सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वी भेगमा पर्छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search