नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको ट्रक पल्टिँदा चार जना गम्भीर घाइते वभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


