Yug Post

रोल्पामा घर जलेर पूर्णरुपमा नष्ट एक महिला घाइते

Advertisement

टेक मगर/ राेल्पा, राेल्पाकाे  त्रिवेणी गाउँपालिका ७ मैतीकाट्ना मा घरमा आगो लागेर जलेर नष्ट भएको छ।शेरबहादुर बिकको घरमा दिउँसो करिब ५ बजेतिर आगो लागेको हो।

शेरबहादुर बिकको जेठी छोरी २७ वर्षकी बिना विकको देब्रे हात जलेको बताइएको छ। उनले घरमा आगो लागेको थाहा पाएपछि सामान निकाल्न जान खोजेकी थिइन्, उनी ढोकामा गएर सामान निकाल्न खोज्दा हात जलेको प्रहरीले बताएको छ। विद्युत सँगै सोलर पनि रहेको कारण विद्युतको तार आपसमा ठाेक्किएर आगोलागी भएकाे हुनसक्ने बताइएको छ। घरको सम्पूर्ण अन्न, सामानहरु र कपडाहरु जलेर नष्ट भएको  छ। घर जलेर कति नष्ट भयो भनेर प्राप्त  पुर्ण विवरण  भने आएको छैन। थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search