विराटनगर । विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको बस सप्तकोशी नदीमा खसेको छ । साँझ ६ बजेतिर यात्रुबहाक बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको सुनसरी प्रहरीका अनुसार जनाएको छ।
सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।


