सर्बोच्च अदालतले अन्तरिम आदेश गर्दै भन्यो अन्तरिम निर्णय नआए सम्म नाम गंगादेब र केन्द्र सानाडाडा नै हुन्छ ।
रोल्पाको १० वटा स्थानीय तह मध्ये तीन वटा स्थानीय तहको नाम जनयुद्धमा सहिद भएका व्यक्तिको नामबाट राखिएको छ। जसमा सुनिल स्मृति ,परिवर्तन र गंगादेब गाउँपालीका हुन् ।
माओवादी नेता विरबहादुर खत्री गाउँपालीका अध्यक्षमा निर्वाचित भएपछि २०६४/११/१४ मा स्थानीय सरकार संचालन २०७४ को दफ्फा ४(५) अनुसार सुकिदह परिवर्तन गरेर गंगादेब र पालीका केन्द्र सानाडाडा बनाएका थिए ।
कांग्रेसका उम्मेदवार हरी पुनले २०७९ को स्थानीय चुनाब बाट अध्यक्ष भएपछि फेरि नाम र केन्द्रको बिषय मुख्य बनाएर गंगादेब नाम परिवर्तन गरेर सुकिदह र केन्द्र सुखाओडार भएको भन्दै गाउँ सभाबाट २०७९/०३/३१ गते निर्णय गर्यो । त्यसैलाई आधार बनाएर केपि ओली सरकारले २०८१/०६/२० त्यहीँ निर्णय गरेको थियो ।
भाद्र २१ गते नै नाम सुखिदह र केन्द्र सुखाओडार भयो भन्दै सुखाओडारमा उदघाट्न कार्यक्रम गरेका थिए भने उता निवर्तमान अध्यक्ष बिरबहादुर खत्री लगायतको टिम कानुन बिपरित भयो भन्दै सर्बोच्चमा रिड दिन काठमाडौ पुगिसकेका थिए।
त्यस निवेदनमा अन्तरिम आदेश गर्दै सर्बोच्चले भन्यो स्थानीय सरकार संचालन २०७४ को दफ्फा ४(५) मा गाउँपालीकाको पहिलो निर्वाचन भएको मितिले छ महिना भित्र नाम वा केन्द्र परिवर्तनका लागी एक पटकका लागी गाउँ सभाको बहुमतबाट नेपाल सरकारलाई सिफारिस गर्न सक्ने व्यवस्था छ । त्यहीँ बमोजिम नभएकाले अन्तरिम निर्णय नआए सम्म नाम गंगादेब र पालीकाको केन्द्र सानाडाडा नै हुन्छ ।


