रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका वडा नं. ५ हान्जबाङ घर भएका ४२ वर्षीय चन्द्रकलि वलिकाे चट्याङ लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
आज दिउँसो १ बजेर ३० मिनेट जादा चट्याङ परेको प्रहरीले बताएको छ । उनको घरमा भने सामान्य क्षति भएको छ ।


