Yug Post

माडी गापा रोल्पामा भ्रष्टाचार भयो भन्नुको कारण यस्तो रहेछ

Advertisement

नेपाल कम्युनिस्ट पार्टी रोल्पा नामक फेसबुक पेज दुई दिन अगाडि भनिएको थियो ´जम्मा रकमको १० प्रतिशत मात्र ३६०००० लैजानुस बाकी हामीले बाँडफाँड गरीसक्यौं भनेर कर्मचारीले भनेपछि म यती लैजान भनेको पालिका अध्यक्ष मित्रमणीले स्वीकार गरेका छन् `
यस विषयमा ध्यानाकर्षण गर्दै आज माडी गाउँपालीकाले विज्ञप्ति मार्फत भन्डाफोर गरेको छ। विज्ञप्तिमा भनिएको छ केहि दिन पहिले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेता तथा जिल्लाका केहि कार्यकर्ताहरुले माडी गाउँपालीका अध्यक्षलाई चन्दा मागेको र चन्दा दिननसके कुरा भएको चाहिँ सत्य हो।
विज्ञप्तिमा भनिएको छ चन्दा माग्नु पनि भ्रष्टाचार हो भन्ने वार्तालाप भएकोमा उल्टो जनतालाई भ्रम पार्न अध्यक्ष तथा कर्मचारीलाई बदनाम गर्न भ्रामक टिप्पणी गरेको माडीगाउँ पालिकाको निष्कर्ष छ।

विज्ञप्तिमा भनिएको छ।विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पालिकाका कर्मचारीलाई बन्दकोठामा बोलाएर धम्कीपुर्ण भाषा प्रयोग गर्दै चन्दा असुलेको कुरा जनतालाई जानकारी दिन चाहान्छौं।

जनप्रतिनिधि, व्यावसायि ,संघ ,संस्था लगायतमा मच्चाएको चन्दा आतंकलाई ढाकछोप गर्न यस्तो भ्रम फैलाएको निचोड पालिका सरकारको निचोड छ। भनेर गाउँपालीका अध्यक्ष अमर सिह द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
माडी गाउँपालिकाकै सम्पूर्ण कर्मचारीहरुले छुट्टै विज्ञप्ति निकालेर पनि आरोपको भन्डाफोर गरेका छन् ।विज्ञप्तिमा भनिएको छ।बिना प्रमाण नागरिकमा भ्रम सिर्जना गरेकोमा प्रचलित कानुनी उपचारमा जाने कुरा सुनिश्चित छ।
प्रमाण भए सार्वजनिक गर्नु पर्ने या अर्काको अनावश्यक चरीत्र हत्या गरेको कारण कानुनी कार्वाही भोग्नु पर्ने मात्र होइन नागरिकका सामु नैतिकताको सुलीमा चड्नु पर्न बाटोमा यो प्रकरणको सुरुवात गर्नहरु पर्ने देखिन्छ । चोक्टा खाने भनेर गएकी बुढी झोलमा डुब्बेर मरी भने जस्तो नहोला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search