Yug Post

नेकपा (माओवादी केन्द्र)ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न

Advertisement

नेकपा (माओवादी केन्द्र) ले सोमबारको प्रतिनिधि सभा बैठक अवरोध खुला गर्न भएको छ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। माओवादीका सांसद लेखनाथ दाहालका अनुसार सोमबारको बैठक सञ्चालन गर्न दिने कुरा भएको छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको छ। माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो।

‘प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने भएकोले आजको बैठकमा अवरोध नगर्ने कुरा भएको छ,’ सांसद दाहालले भने। 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन्। असोज ४ गते प्रधानमन्त्री ओली अमेरिकाको न्युयोर्क जाने कार्यक्रम छ।

माओवादीले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी आइतबार सभामुख देवराज घिमिरेलाई दिएको थियो। 

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा माओवादी ‘जनयुद्ध’ लाई लक्ष्य गरी त्यसबेला हिंसा भएको बताएका थिए। यो अभिव्यक्तिले ‘जनयुद्ध’ को मानमर्दन गरेको भन्दै रेकर्डबाट हटाउन माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो।

सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि फेरि यो विषयलाई लिएर विवाद भइरहेको छ। एमाले र माओवादीका सांसदहरू संसदमा मात्र होइन सामाजिक संजालमा समेत माओवादी र एमालेका कार्यकर्ता बीच आरोपप्रत्यारोप भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search