Yug Post

बोलेरो जिप दुर्घटनामा गापा उपाध्यक्ष भुपेन्द्रा सहित तिनको निधन

Advertisement

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो ।  

दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचयपत्र फेला परेकोले मृत्यु हुनेमा एक जना उपाध्यक्ष रहेको प्रहरीको तर अन्यको बारेमा ठेगाना खुलेको छैन ।

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ। 

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बागलुङ जिल्लाको गलकोटमा उपाध्यक्ष सवार जिप दुर्घटनामा परेको जानकारी दिनुभयो । उहाँले थप विवरण आउन बाँकि रहेको जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search