विराटनगर —मोरङमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक सख्त घाइते भएका छन् ।
Advertisement
मंगलबार राति करिब साढे ९ बजे एसियाटीक होटल नजिक पश्चिमतिरबाट आएको प्र–१–०१–१५ प ५९६२ नम्बरको मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भएको हो । तीव्र गतिमा आएको मोटरसाइकलको ठक्करबाट घोडाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रविन कार्कीले पालेका दुई वटा घोडामध्ये एक दुर्घटनामा मारिएको हो ।
ठक्करपछि सडकमा बजारिएका मोटसाइकल चालक विराटनगर महानगरपालिका ३ का ३१ वर्षीय अमित झा गम्भीर घाइते छन् । नोवेल अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Advertisement


