विषालु सर्पले डसेपछि उपचार भन्दा धामिझाँक्रीको भरमा पर्दा अस्पताल लैजान ढिला गरेको कारण दाङ गुरुवामा एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भिर छ।
दाङको घोराही उपमहानगरपालिका–६ गुरुवामा २५ वर्षीया आश्मा चौधरी र उनकी ६ वर्षकी छोरी इन्दुलाई आफ्नै घरमा आमाछोरीसंगै सुतिरहेको अबस्थामा गएराती १ बजेको समयमा इन्दुसहित उहाँकी आमा २५ वर्षीया आस्मा चौधरीलाई बिषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
आमाको बाँया हातमा र छोरीको टाउकोमा सर्पले टोकेपछी गम्भिर विरामी परेका उनीहरुलाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उपचारकै क्रममा आज विहान साढे ५ बजेको समयमा इन्दुको मृत्यु भएको भने आमाको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।


