Yug Post

लुम्बिनीका नवनियुक्त मुख्य मन्त्री आचार्य किन देउखुरी छोडेर हप्तामा केहि दिन बुटवलमा बस्ने भए।

Advertisement

१९ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् ।

बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश राजधानी दाङको देउखुरी उपत्यका सरेपछि उक्त निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो ।

बुटवलमा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमै रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यले बताए ।

मुख्यमन्त्री आचार्यले आफू हरेक शुक्रबार बुटवलमा आउने र आइतबार बिहानसम्म बस्ने बताए । हामीले यस बारेमा माओवादी एक नेतालाई अहिलेका मुख्य मन्त्रीले बुटवलमा सम्पर्क कार्यालय बनाएर हप्ताको केहि दिन त्यहीँ बस्ने बताउनु भयो ? के छ तपाईहरुको धारणा ?
´राजनीतिक स्थायित्व दिने भनेर बनेको गठबन्धनबाट बनेको सरकारले स्थायी राजधानी राजधानीलाई अस्थायी बनाउन खोजेको संकेत गर्छ ।

यसअघिका मुख्यमन्त्री महराले बुटवलमा महंगो भाडा तिरेर सम्पर्क कार्यालय राख्न आवश्यक नभएको भन्दै हटाएका थिए ।

बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने तर्क गर्दै सम्पर्क कार्यालयका लागि सानो इकाइको व्यवस्था गरिएको सरकारका प्रवक्ता मन्त्री दिनेश पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search