१९ असार/ दाङको तुलसीपुरमा बबई नदि तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो ।
खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। प्रहरी र आफन्तले बिहानै देखी उनको खोजी गरिरहेका थिए ।


