Yug Post

कविता “याे कस्तो मान्छे ?: ओम प्रकाश पुन

Advertisement

कविता
याे कस्तो मान्छे ?

याे मान्छे कस्तो मान्छे
भुत प्रेतका कथा आफै बनाउछ
मसान चुरेन आफै बनाउछ
आफै पाेखल चढाउछ
आफै त्यसबाट डराउछ
याे कस्तो मान्छे ?

मुर्ति आफै बनाउछ
आफै पुजा गर्छ
ढुंगालाई देउता आफै बनाउछ
आफै पाथी चढाउछ
फेरि आफै डराउछ
याे कस्तो मान्छे ?

मन्दिर आफै बनाउछ
आफै पुजारी बन्छ
मन्दिरमा मुर्ति आफै राख्छ
आफै बलि चढाउछ
फेरि आफै डराउछ
याे कस्तो मान्छे ?

इश्वर आफै बनाउछ
परमेश्वर आफै बनाउछ
अल्लाह आफै बनाउछ
बुद्ध आफै बनाउछ
आफै आशिर्वाद माग्छ
फेरि आफै डराउछ
याे कस्तो मान्छे ?

धर्म आफै बनाउछ
आफै धर्म गुरु बन्छ
कानुन आफै बनाउछ
आफै न्यायाधीश बन्छ
पार्टी आफै बनाउछ
आफै नेता बन्छ
फेरि आफै डराउछ
याे कस्तो मान्छे ?

हाे याे मान्छे कस्तो मान्छे
सत्ता आफै बनाउछ
आफै शासित हुन्छ
बन्दुक आफै बनाउछ
आफै त्रसित हुन्छ
परमाणु बम आफै बनाउछ
फेरि आफै मर्छ
आफै डराउछ
याे कस्तो मान्छे ?

मिति :- २०८१/१/३ ✍️ओम प्रकाश पुन

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search