Yug Post

नेपाली राजनीतिका तीन धारा र प्रवृत्तिहरू

Advertisement

दार्शनिक , राजनीतिक र साँस्कृतिक आधार र चरित्रको रुप बाट हेर्ने हाे भने नेपाली राजनीतिका तीन धारा र प्रवृत्तिहरु छन् । ती तीन धाराहरु भनेका पहिलो अग्रगामी धारा, दाेस्राे यथास्थितिवादी धारा र तेस्रो प्रतिगामी धारा हाे । यी तिनै धारा र प्रवृत्तिलाई निम्न अनुसार ब्याख्या र वर्गीकरण गर्न सकिन्छ

१) अग्रगामी धारा :-
याे धारा अन्तरगत कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी शक्तिहरु पर्दछन् । यसलाई प्रगतिशील वा क्रान्तिकारी धारा पनि भन्न सकिन्छ । याे धारा अन्तरगत नेकपा ( माओवादी केन्द्र ), नेकपा , क्रान्तिकारी माओवादी , नेकपा मसाल , नेकपा एमाले , एकीकृत समाजवादी , मजदुर किसान पार्टी लगाएतका पार्टीहरु पर्दछन् । याे वामपंथ वा वामधारा अन्तरगत क्रान्तिकारी बिचार र प्रवृत्तिको प्रतिनिधित्व माओवादीहरुले गरिरहेका छन् । याे धारा अन्तरगत पनि क्रान्तिकारी , अवसरवादी र दक्षिणपन्थी बिचार प्रवृत्तिहरु छन् । त्यसको अलग्गै ब्याख्या चाहिन्छ र अहिले यहाँ त्यसको चर्चा गरिने छैन । लेनिनको भनाइमा कुनै बिशेष कालखण्ड र परिस्थितिमा अलगअलग भएता पनि अन्ततः एउटा देशमा एउटै मात्र कम्युनिस्ट पार्टी हुन्छ भने जस्तै अहिले नेपालमा पनि विभिन्न नामका कम्युनिस्ट पार्टी र समुहहरु क्रियाशील छन् । तर ती अब क्रमशः एकता र धुर्विकरणकाे प्रक्रियामा छन्  । याे धाराको दार्शनिक आधार र रणनीति एउटै छ तर कार्यनीतिहरु फरकफरक छन । जसका कारण एउटै धाराका सबै वामपन्थीहरू एक ठाउँमा आउन सकिरहेका छैनन् । रणनीतिमा माक्र्सवाद तर कार्यनीतिमा संसदीय पुजीवाद याे धाराको मुल समस्या हाे ।  याे धाराको दार्शनिक आधार ऐतिहासिक द्वन्दात्मक भाैतिकवाद हाे जाे माक्र्सवादमा संश्लेषीत छ । यसको वर्ग श्राेत वा आधार भनेको उत्पिडित श्रमजीवी वर्ग हाे । यसको राजनैतिक समाज व्यवस्था बैज्ञानिक समाजवाद हाे भने अन्तिम गन्तव्य वर्ग विहीन समाज साम्यवाद हाे ।

२) यथास्थितिवादी धारा :-
याे धारा अन्तरगत प्रजातन्त्रवादी – पुजीवादी शक्तिहरू पर्दछन् । याे धारा सामन्तवाद संग लड्दा त प्रगतिशील नै थियो तर पछि सत्तामा आइसकेपछि यसले यथास्थितिवादी मात्रै हैन प्रतिक्रियावादी चरित्र ग्रहण गर्दै गएको छ । याे धारा अन्तरगत नेपाली काङ्ग्रेस , मधेसवादी वा जातीय – क्षेत्रीयवादी दलहरु र पछिल्लो चरणमा उदायका रास्वपा, जनमत र उन्मुक्ति जस्ता शक्तिहरू पर्छन् । याे धारा वा प्रवृत्तिको मुल प्रतिनिधित्व नेपाली काङ्ग्रेसले गर्छ । अन्य शक्तिहरु यसको असन्तुष्टिबाट जन्मिएका बाइछिटा मात्रै हुन । याे धारा भित्र पनि यथास्थितिवादी र पश्चगामी बिचार प्रवृत्तिहरु  छन् । यसकाे दार्शनिक पक्ष आध्यात्मिक आदर्शवाद हाे भने राजनीतिक व्यवस्था प्रजातान्त्रिक पुजीवाद हाे । यसको कुनै रणनीतिक लक्ष छैन र हुदैन मात्रै याे समय, बिकास र टेक्नोलोजीकाे पछि पछि हिड्छ । यसको मुल समस्या भनेको आफ्नो प्रजातान्त्रिक धर्ममा अड्न नसक्नु हाे । यसको बर्ग स्राेत वा आधार भनेको पुजीपती संभ्रान्त वर्ग हाे । यसको  लक्ष भनेको सामाजिक असमानता र अन्तरविरोध सहितको वर्गीय व्यवस्था कायम गर्ने हाे ।

३) प्रतिगामी धारा :-
याे धारा अन्तरगत कथित राजावादी सामन्ती शक्तिहरू पर्छन् । नेपालमा अहिले राजतन्त्र छैन तर राप्रपा लगाएतका केही शक्तिहरु उसको नाममा भूत सवार गरिरहेका छन् । याे समाजलाई धार्मिक अन्धविश्वास र कुरिती तर्फ फर्काउने र धर्मको आधारमा शासन गर्न चाहने चिन्तन धारा हाे । यसको मुख्य हतियार र सिद्धान्त भनेको धर्म हाे । याे विज्ञान र परिवर्तनकाे घाेर बिराेधी धारा हाे । याे एक प्रकारको परम्परावादी पुरातनपंथी चिन्तन धारा हाे । यसले जनताको अज्ञानतामा शासन गर्न चाहन्छ । यसको वर्ग स्रोत वा आधार भनेको सामन्ती अभिजात वर्ग, धार्मिक मठाधिश र पण्डित पुजारीहरु हुन । यसको दार्शनिक आधार भनेको अध्यात्मवाद हाे भने राजनीतिक व्यवस्था भनेको निरंकुश राजतन्त्र हाे ।
निष्कर्ष :-
माथि उल्लेखित नेपाली राजनीतिका तीन धारा र प्रवृत्तिहरु  दर्शन र वर्गीय राजनीतिको दृष्टिकोणले हेर्दा अन्ततः दुई धारामा सिमित हुनेछन् । त्यो भनेको यथास्थितिवादी पुजीवादी धारा र अग्रगामी प्रगतिशील धारामा सिमित हुने हाे । त्यसमा पनि प्रतिगामी धारा र यथास्थितिवादी धारा दर्शन र बर्गिय राजनीतिको दृष्टिले एकै हुन । सत्ता राजनीतिमा काे हावी हुने भन्ने कुरा मात्रै फरक हाे र बाँकी सबै वर्गीय दृष्टिकोण एकै हाे । त्यसमा पनि प्रतिगामी राजनीतिक धारा पुरानो सामन्ती संस्कृतिको मनाेविज्ञान मात्रै हाे र त्यो लाेप उन्मुख राजनीतिक धारा हाे । तसर्थ अन्ततः याे धारा यथास्थितिवादी पुजीवादी धारामा बिलय हुनेछ । यथास्थितिवादी पुजीवादी धारा पनि सत्ता राजनीतिको लामो प्रक्रियामा प्रतिगामी र प्रतिक्रियावादी शक्तिमा रुपान्तरण हुदै जानेछ । प्रतिगामी धारा हावी हुने भनेको देशमा जातीय र धार्मिक हिंसा भड्किने र देश अध्यारो सुरुङ तर्फ धकेलिनु हाे । यथास्थितिवादी धारा हावी हुनु भनेको पनि परिवर्तनको प्रवाहलाई राेक्नु र नयाँ बिद्रोहकाे जन्म गराउनु हाे । यदि देशलाई सुशासन , सामाजिक न्याय, समृद्धि र समाजवादको बाटोमा अघि बढाउने हाे भने अग्रगामी क्रान्तिकारी शक्ति नै हावी हुनुपर्छ । तसर्थ अहिले बिशिस्ट राजनीतिक परिवेशका कारण जे जस्तोसुकै गठबन्धन र सहकार्य भएता पनि अन्तिम  र निर्णायक लडाइँ वा संघर्ष यथास्थितिवादी पुजीवादी धारा र अग्रगामी समाजवादी धाराका बिच नै हुनेछ र अन्ततः देश समाजवाद हुदै साम्यवाद तर्फकाे यात्रामा अघि बढ्नेछ ।✍️: नेपाल कम्युनिस्ट पार्टी माअाेवादी का केन्द्रीय सदस्य हुन ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search