Yug Post

एक दम्पति सवार माेटरसाईकल दुर्घटना ,श्रिमानकाे मृत्यु ,श्रमति घाईते

Advertisement

 धनगढी : मंगलसैन आउँदै गरेका एक दम्पती सवार मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिए पश्चात् घाइते भएका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको हो भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी हुन् ।

मंगलसैन नगरपालिका वडा नम्बर ३ बिसाकोट घर भएका उनीहरूलाई कैलालीबाट अछाम आउँदै गर्दा बुडरमा ट्याङ्करले ठक्कर दिएको थियो ।

भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले रमेश दम्पती सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका दुवै श्रीमान् श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search