Yug Post

आमाको स्मृति!

Advertisement
* सुवास देवकोटा 
आमा
 तिमिलाई फेरि एक पटक भेट्न पाउने भए,
तिम्रो साथ लगेर
 परालको भारी बोक्न गाउँ बेसी धाउने थिए
 तिमीले भुटेको मकै चपाउँदै
बाख्रा चराउन पारि वन पुग्ने थिए!
 **
आमा!
तिमीलाई फेरि एक पटक भेट्न पाउने भए
तिम्रो आँखामा छल्किने पीडाका आँसु पुछ्ने
थिए
 तिमी कोदो कोदो रोप्न मेला जाँदा
 म पनि डोकामा कोदाको बीउ बोकेर
 मेलामा सघाउन पुग्ने थिए!
 **
आमा,
 तिमीलाई साँच्चै भेट पाउने भए
 तिम्रो पाउमा टाउको राखेर
 जीवनमा भए गरेका गल्तीहरूका लागि
 क्षमा माग्ने थिए!
 तिम्रा हात शिरमा राखेर
अर्को जन्ममा पनि
 पुन:तिम्रै छोरो भएर जन्मन पाउँ भनेर
  आशीर्वाद माग्ने थिए!
  बिन्ती गर्ने थिए!
 *
आमा!
 तिमीलाई यो जुनीमा भेट्न पाउने भए
 हाम्रालागि तिमीले भोगेका
जीवन कष्ट र बुहार्तनहरूबारे सोध्ने थिए
 तिम्रा धाँजा फाटेका पैतालाहरू
  सुमसुम्याउँदै फेरि एक पटक
 आमा भनेर बोलाउने थिए!
 **
तर आमा!
अब तिमी छैनौ यो लोकमा,
मात्र तिम्रा स्मृतिहरू शेष छन्!
 तिम्रा स्नेह र मायाका झल्को मात्र बाँकी छन्
**
 अब त आमा
हामीसँग तिम्रा गुन तिर्न नसकेका
 पीडा र गुनासाहरू मात्र
  सजीव छन्!
*
आमाको माया जीवनको आधार,
अपरम्पार!
 आमा बिना खाली संसार!

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search