Yug Post

दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द

Advertisement

नयाँ दिल्ली, १७ कार्तिक । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ ।

दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरूले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेष गरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरूलाई बढी सजग रहन अपिल गरिएको छ ।

विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो सङ्ख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो सङ्ख्या १० बजे सम्म ४२२ मा पुग्यो ।

जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्शियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search