Yug Post

यस्तो छ राष्ट्रपतिले टीका लगाइदिने समय

Advertisement

काठमाडौँ, २ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्।

शीतल निवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय सांसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी रहेका छन्।

यसै गरी राष्ट्रपतिबाट  निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकले टीका ग्रहण गर्न सक्नेछन्। टीका ग्रहण गर्न आउँदा मर्यादित पोसाकमा आउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search