Yug Post

रोल्पाको सुनछहरी गाउँपालिकाको गाम खोला जिप दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु , ९ जना घाइते

Advertisement

रोल्पाको सुनछहरी गाउँपालिकाको गाम खोला क्षेत्रमा बोलेरो दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु र ९ जना घाइते भएका छन ्।

गए राति करिब १० बजेको समयमा सेरमबाट सिउरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको जनाइएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेको उक्त दुर्घटनामा पर्दा जिपमा सवार ११ जना घाइते भएका थिए । घाइते सबैलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर, पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय पोवाङ, रोल्पाले खबर प्राप्त हुनासाथ ६ जनाको प्रहरी टोली घटनास्थलमा खटाएको थियो । उपचारकै क्रममा मिति आज विहान घाइतेमध्ये सुनिल वि.क. र दिपा पुन लाई चिकित्सकले मृत घोषणा गरेका छन् ।

अन्य घाइतेहरूमा हिमाल वि.क., अमृता पुन, जमुना वि.क., अस्मिता वि.क., पवित्रा पुन, शनि वि.क., विपना घर्तीमगर, किसन घर्तीमगर र हस्तिरा वि.क. रहेका छन्। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुलिचौरबाट पनि थप उपचारका लागी बाहिरी जिल्ला पठाएको छ।

जिप चालक हाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search