Yug Post

राष्ट्रिय राजनीति तातिएको बेला प्रचण्ड किन एकाएक रोल्पामा

Advertisement

लुङग्री गाउँपालिका रोल्पाको नयाँ प्रशासकीय भवन
उद्घाटन गर्न पुर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड रोल्पा आउँदै छन् ।

नयाँ प्रशासकीय भवन निर्माण भएपछि त्यसको औपचारिक उद्घाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड यहीँ भदै १६ गते रोल्पा आउन लागेका हुन् । पुर्वी रोल्पाकै आकर्षक आधुनिक र नयाँ मोडेलको प्रशासकीय भवन निर्माणाधीन हुँदै गर्दा सामाजिक संजालमा भाइरल भएको थियो ।

संघीयताको प्रमुख हिंसेदार माओवादीले भनेको थियो सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने छौँ ।त्यसको कार्यान्वयन गर्ने क्रममा माओवादीले राजनीतिक ,प्राविधिक ,सामाजिक, प्रशासनिक हिसाबले लागिरहेको छ।

उद्घाटन कार्यक्रममा स्थानीय देखि केन्द्रिय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, महिला समूह र सर्वसाधारणको व्यापक सहभागिता रहनेछ गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले युगपोष्टसँग बताए

प्रमुख अतिथि निवर्तमान प्रधानमन्त्री प्रचण्डले नयाँ भवन उद्घाटनसँगै स्थानीय जनतालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ।

रोल्पा विकासका हिसाबले पछि परे पनि पछिल्ला केही वर्षमा आधारभूत पूर्वाधार निर्माण, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार हुँदै गएको छ । तर अझै पनि प्रशासनिक पहुँच र सेवाप्रवाहलाई मजबुत बनाउन आवश्यक पर्ने काम अधुरै छन् । यस किसिमका प्रशासकीय भवनहरूले स्थानीय सरकारलाई थप सबल बनाउने अपेक्षा गरिएको छ ।
लुङग्री गाउँपालिकामा यसरी नयाँ भवन उद्घाटन हुनु केवल एक संरचनाको शुरुवात मात्र नभई, नागरिक–राज्य सम्बन्धलाई मजबुत बनाउने आधार पनि हो ।
रोल्पा, जसलाई कहिल्यै नबिर्सने जिल्ला मध्ये एक मानिन्छ, फेरि पनि निवर्तमान प्रधानमन्त्री प्रचण्डको आगमनले उत्साहित भएको छ । उहाँले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म, संघीयता कार्यान्वयनदेखि स्थानीय विकाससम्म रोल्पालाई निरन्तर स्मरण गर्दै आउनु भएको छ । यही निरन्तरताको अर्को उदाहरणका रूपमा लुङग्री गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुन लागिरहेको हो ।
यसबाट अब यहाँका नागरिकले आफ्नै गाउँमा सहज र छिटो सेवा लिन सक्नेछन् । विकटताका बीच पनि आधुनिक भवनमार्फत सेवा सुरु हुनु, स्थानीय स्तरमै सुशासनको नयाँ अध्याय सुरु हुनुका रूपमा लिइएको छ ।
केहि महिना अगाडी मात्र थवाङमा आएका प्रचण्ड फेरि भवन उद्घाटन गर्न आउन लाग्दा रोल्पालिहरु खुसी छाएको छ। जनयुद्धको आधार इलाका रोल्पामा प्रचण्डको आवतजावत बाक्लो हुनुले राष्ट्रिय राजनीतिमा अर्को तरंग पैदा गर्ने छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search