काठमाडौं । मधेश प्रदेशका सांसद किरण साहसहित एक दर्जनभन्दा बढी जसपा नेपालका कार्यकर्ता पक्राउ परेका छन् ।
गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध आन्दोलन गरिरहेका उनीहरुले प्रहरीले पक्राउ गरेको हो । गौर नरसंहारमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएकोे थियो ।
उनीहरु काठमाडौंको माइतीघर र बबरमहलमा मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परेका हुन् ।


