रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा ट्राफिक चेकिङ भैरहेको र चेकिङ चल्न भाग्दा दुर्घटनामा परेर दुई किशोरको मृत्यु भएको छ ।
३१ असार, मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु भएको हो । रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।
घुम्तीमा लुकेर चेकिङ गरिरहेका ट्राफिक प्रहरीले उनीहरुलाई चेकिङ गर्न भनेर हातले इसारा गरेपछि मृतकहरु भाग्न खोज्दा ट्राफिकले सिटि बजाएर लखेट्न खोज्दा अझै स्पिड्मा भाग्न खोज्दा मोटरसाइकल अनियंत्रित भई दुर्घटना हुँदा दुबै युवाहरूको मृत्यु भएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।


