५ आश्विन २०८२ १५:१८
५ आश्विन २०८२ १५:१८
प्रचण्डको प्रस्ताव : सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । काठमाडौँ —माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 'केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं,' उनले बैठकमा भनेका छन् । महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन…