२९ भाद्र २०८२ १९:१५
२९ भाद्र २०८२ १९:१५
विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा (माओवादी केन्द्र )सहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि वार्ता टोली गठन गरेको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो । वर्ता टोली सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । पार्टीको निर्णयबारे बुढाथोकीले भने– ‘माओवादी केन्द्र लगायत कम्युनिस्ट पार्टीसँग एकता, ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्य वार्ता टोली बनाइएको छ ।’