Yug Post

Day: २४ भाद्र २०८२ १०:२३

सञ्चार मन्त्रीको घर आगजनी

सञ्चार मन्त्रीको घर आगजनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए । ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो ।
Read More
काठमाडौसहित देशभर जेनजीकाे प्रर्दशन जारी

काठमाडौसहित देशभर जेनजीकाे प्रर्दशन जारी

काठमाण्डौ – हिजोको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा युवा पुस्ताले आज पनि प्रदर्शन थालेका छन् । काठमाण्डौको कलङ्की, बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भएको हो । काठमाण्डौ, ललितपुर र भक्तपुरमा कर्फ्युका लागे पनि युवाहरुले प्रदर्शन गरेका हुन् । हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् । राज्यबाट भएको दमनको चौतर्फी निन्दा भैरहेको छ ।
Read More

जेन -जि को दोस्रो दिनको आन्दोलन सुरु

काठमाडौं । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि आन्दोलन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले आन्दोलन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४ सय बढी घाइते भएका छन् । उनिहरुको आन्दोलनको मुख्य माग सामाजिक संजाल खुलाउन र भ्रष्टाचार बन्द गर्ने छ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search