२५ श्रावण २०८२ १८:१७
२५ श्रावण २०८२ १८:१७
सुदूरपश्चिम : धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए। “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने, “झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उनीहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ।” घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ। कारागारमा कैदीबन्दीबीच शुक्रवार राति भएका झडपका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु…