१८ श्रावण २०८२ ०८:२२
१८ श्रावण २०८२ ०८:२२
समाचारदाता ,श्रावण १७ - रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३, रानागाउँका स्थानीयवासीहरू बिच चुनढुंगाको कारण हातपात देखि मुद्दा मामिलामा सम्म पुगेको छ। भावना घर्ती, सागर विक, बुद्धिमान विक, हरिप्रसाद बाँठा, नारायण विक, किरण विक, यामबहादुर राना, मनसरा सुन घर्ती पुन, मंगल विक, दीपक बुढा, भुमा विक, चन्द्र गिरी, प्रकाश घर्ती, गौमति घर्ती, सम्मेस रामा दिलसरा घर्ती, खिरमाली राना, दिलकुमारी राना, रमेश राना, भूपबहादुर थापा, जसबहादुर बुढा, गुरु घर्ती, किमा विके, कमल घर्ती, अर्जुन विक र मनबहादुर रानालगायत २५ जनाले संयुक्तरूपमा खानी सञ्चालन गर्ने पक्षले विगतमा स्थानीयवासीहरू सँग भएका सम्झौता तथा सहमति कार्यान्वयन नगरी उल्टै धम्की, त्रास र दुव्र्यवहार गर्दै आएको जनाइएको छ।…