२२ असार २०८२ १६:४८
२२ असार २०८२ १६:४८
भोजपुर । भोजपुरको रामप्रसाद राईलेव गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको ज्यान लिनेका छन् । प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।” घटनास्थलमा पुगेको प्रहरीले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो। हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते…