९ असार २०८२ ०९:५६
९ असार २०८२ ०९:५६
भवन चुहेर बस्न नसकिने , शौचालयको भित्ता फाटेर प्रयोग गर्न कठिन हुँदा पनि मा वि गाङ प्रति सरकार रमिते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका-७ गाङस्थित श्री वीरेन्द्र मावि अहिलेको अवस्थामा हेर्दा देशको शिक्षातर्फको प्राथमिकताको कठोर यथार्थ उजागर हुन्छ। छात्रा शौचालयको पर्खाल च्यातिएको छ l भवनको छाना कैलो भइसकेको छ र जताततैबाट चुहिन्छ। हेर्दा पक्की जस्तो देखिने विद्यालय भवन अधुरो छ त्यसको शिरबन्दी अर्थात् अन्तिम चरणको काम अझै पूरा हुन सकेको छैन। विद्यालयको अवस्था देख्दा लाग्छ, कसैले नसुनेको आवाजको प्रतिविम्ब हो गाङ। स्थानीय, प्रदेश र संघ—तीनवटै सरकारबाट अघिल्लो आर्थिक वर्ष (आ.व. २०८१/०८२) मा पूर्वाधार विकासतर्फ बजेट “शून्य” भएको हो भने हाल चालु…