२९ जेष्ठ २०८२ १६:१३
२९ जेष्ठ २०८२ १६:१३
पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो। प्रहरीहरू पाठकलाई खोज्दै बुधबार दिउँसो उनको घर धुम्बाराही पुगेको उनीनिकट एक पत्रकारले सेतोपाटीलाई जानकारी दिए। पत्रकार पाठक भने प्रहरीको सम्पर्कमा छैनन्, उनको मोबाइल पनि स्वीच अफ छ। यसैबीच उनले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहयोग माग्दै ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्रकार पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानल चलाउँछन्। त्यस च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको…