१७ फाल्गुन २०८१ १८:०८
१७ फाल्गुन २०८१ १८:०८
जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपालले समर्थन गरेको खण्डमात्रै भूमि अध्यादेश पारित हु्न्छ । सरकारले दल विभाजन गराएर भएपनि भूमिअध्यादेश…