१४ फाल्गुन २०८१ २०:३५
१४ फाल्गुन २०८१ २०:३५
टेक मगर ,रोल्पा – रोल्पामा सम्पन्न सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले उचालेको छ। फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो। लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो । विजेता बनेको पुलिस क्लबले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । भने उपविजेता त्रिभुवन आर्मी क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। खेल दुवै टोलीबीच कडा प्रतिस्पर्धामा रह्यो, तर निर्णायक सेटमा पुलिस क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो…