२३ पुष २०८१ १९:०६
२३ पुष २०८१ १९:०६
काठमाडौँ —माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले जितेका १२३ पालिकामा समाजवादी मोडेल अघि सार्ने प्रस्ताव पास भएको छ। काठमाडौंमा आज सम्पन्न केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय सरकारलाई समाजवाद उन्मुख बनाउने’ १३ बुँदे प्रस्ताव सर्वमतले पास गरेको छ। ‘पालिकाहरूमा स्थानीय पार्टीले छाया सरकारको अवधारणा अन्तर्गत योजनाबद्ध रूपमा जनतासँग जोडिएका जनसेवा, सुधार र विकासका कामहरू गर्नुपर्छ,’ दाहालको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘स्थानीय पालिकाले गर्नुपर्ने बजेट निर्माण, विकास योजनाका कार्यहरूमा आफ्नो तर्फबाट पनि तयारी गरी आफ्नो जनप्रतिनिधि भए जनप्रतिनिधिमार्फत र पार्टीको तर्फबाट ज्ञापनपत्र मार्फत पालिकालाई त्यसको निम्ति माग गर्नुपर्दछ । त्यसलाई जनता माझ सार्वजनिकीकरण गर्नुपर्दछ ।’ उनले आर्थिक, अन्य अनियमितता हुन…