२४ आश्विन २०८१ १५:५२
२४ आश्विन २०८१ १५:५२
१- नेपालीहरुकाे प्रमुख चाड दशै प्रति तपाईको दृष्टिकोण के हो ? मेरो दृष्टिकोणमा दशैं तथा दिपावली सामाजिक संस्कृति हुन्। संस्कृतिको रुपमा मनाउनु पर्दछ। तर आज भोलि संस्कृतिमा समेत राजनीतिकरण अनि व्यापारीकरण भएको छ। यस्तो हुनु सकारात्मक पक्ष होइनन्। २-तपाईंले दशैलाई कसरी मनाउदै हुनुहुन्छ? विशुद्ध सामाजिक सदभाव र संस्कृतिको रूपमा मनाउँछु। दर्शन या सिद्धान्तको रुपमा मान्दैन। ३- हिन्दु नेपालीहरु देश तथा विदेशमा दशै मनाउँदै छन याे अवसरमा जनतालाई के सन्देश दिनुहुन्छ ? दसैं हाम्राे चाडपर्वहरुको हकमा हामीले मुख्यतः निम्न विषयमा ध्यान दिनु पर्दछ भन्ने ठान्दछु। पहिलो,परम्परागत चाडपर्वहरुका अवैज्ञानिक र रुढीवादी पक्षहरुलाई हटाउँदै जानु पर्दछ। दोस्रो,चाडपर्वहरू किफायती र सरल बनाउनु पर्दछ। तेस्रो,भुइँ…