Yug Post

Day: १३ आश्विन २०८१ १४:३६

वर्षाको कारण  देशकै  बढी मानवीय क्षति झ्यापले खोलामा ३५ जनाको शव भेटियो ।

वर्षाको कारण देशकै बढी मानवीय क्षति झ्यापले खोलामा ३५ जनाको शव भेटियो ।

झ्याप्ले खोलामा सडक माथि बाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेका मध्ये ३५ जनाको शव भेटिएको छ ।  असोज ११ गते देखी भएको विषण वर्षाको कारण धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित आएको पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।  अहिलेपनि उद्धार कार्य जारी रहेको र २६ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।  
Read More
आजदेखी नै क्रमिक रुपमा माैसम सुधार हुदै

आजदेखी नै क्रमिक रुपमा माैसम सुधार हुदै

काठमाण्डौ – आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट…
Read More
लगातार बर्षासंगै ९९ काे ज्यान गएकाे छ भने ७२ बेपत्ता

लगातार बर्षासंगै ९९ काे ज्यान गएकाे छ भने ७२ बेपत्ता

काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ७२ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाण्डौ उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाण्डौमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको हो । मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकबाट ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।  
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search