२ भाद्र २०८१ ०९:४५
२ भाद्र २०८१ ०९:४५
रोल्पा नगरपालिकामा रहेको वेथेल मण्डली चर्च माथीबाट आएको पहिरोमा परी एक वृद्धको मृत्यु र १८ बर्षकी नौभा घर्ती मगर घाइते भएकी छन् । रोल्पा नगरपालिका १० धाङ्सी घर भइ मुलपानीमा रहेको वेथेल मण्डली चर्चमा बस्दै आएकी ७० बर्षकि धनजिता बुढा मगर सोही चर्च माथीबाट आएको पहिरोमा परी आइतबार बिहान ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनछहरी गाउँपालिका ३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ बर्षकी नौभा घर्ती मगर घाईते भई उपचारको लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ । सोही चर्चमा बस्ने जम्मा १० जना मध्ये अन्य व्यक्तिहरु सकुसल रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाका सूचना अधिकारी केशवराज…